दफा २२
साझेदारीमा सेबा सञ्चालन गर्न सकिने
विभागले सेवा विशेषज्ञता आवश्यक परी त्यस्तो सेवा लिन वा सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक निजी क्षेत्रको साझेदारीमा खानेपानी तथा सरसफाइ सेवाप्रणालीसँग सम्बन्धित विशेष सेवा लिन वा सेवाप्रणालीको निर्माण, विस्तार, सञ्चालन तथा व्यवस्थापन गर्न लागत साझेदारीमा सेवा सञ्चालन गर्न सक्नेछ।